Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत बैशाख १६ गतेदेखि २२ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २९ लाख ८२ हजार ४९८ जनाले कुल ३ करोड २४ लाख ७८ हजार २३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ४४ हजार ४१६ आवेदन रद्द भएका छन् भने २९ लाख ३८ हजार ८२ आवेदन स्वीकृत भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिएको छ । जसअनुसार १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । आईपीओको नतिजा केही बेरमा हेर्न सकिनेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij