Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार घट्यो

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार घट्यो

  • काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा कायम भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा ७४.७३ अंकले घटेर २७७६.३६ बिन्दुमा खुम्चिएको थियो । त्यसअघि मंगलबार नेप्से १९.७० अंकले बढेको थियो भने सोमबार ४७.७१ अंक र आइतबार ७१.०५ अंकले घटेको थियो ।

    AGNI GROUP

    नेप्से बढेपनि कारोबार भने घटेको छ । बिहीबार नेप्सेमा कुल ८ अर्ब १८ करोड रुपैयाँ माथिको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    बिहीबार कारोबारमा आएकामध्ये ९८ कम्पनीको सेयर मूल्य बढ्दा १५८ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij