Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेप्से सूचक १९ अंकले बढ्यो, ११ अर्बको कारोबार

नेप्से सूचक १९ अंकले बढ्यो, ११ अर्बको कारोबार

  • काठमाडौं । शेयरबजार परिसूचक नेप्से लगातार दुई दिनको उच्च गिरावट पछि मंगलबार १९ अंकले सुधारिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से सूचक १९.७० अंकले बढ्दै २ हजार ८५१.०९ अंकमा उक्लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    अघिल्ला दुई कारोबार दिन आइतबार र सोमबार क्रमशस् ७१ अंक र ४७ अंकले नेप्से घटेको थियो ।

    AGNI GROUP

    उसो त नेप्से सूचकमा केही सुधार आएपनि आज कारोबार भने घटेको छ । नेप्सेका अनुसार आज ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ७९ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भएको छ । ४७ अंकमाथिले घटेको बजारमा अघिल्लो दिन १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    आज म्युचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । फाइनान्स र होटल तथा पर्यटन सूहको उपसूचक १ प्रतिशतमाथिले बढ्दा अरु सूचक १ प्रतिशत कमले बढेका छन् ।

    आज १९५ कम्पनीको शेयर मूल्य बढ्दा ६३ कम्पनीको मूल्य घटेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर सुपर खुदी हाइड्रोपावर रिडी लाइन इनर्जी कम्पनी र होटल फरेस्ट इनको शेयर मूल्य आज १० प्रतिशतले बढेका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य आज ८।९६ प्रतिशतले घट्न पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij