Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निक्षेप खाताको संख्या ६ करोड नाघ्यो, कर्जा खाता २० लाख मात्रै

निक्षेप खाताको संख्या ६ करोड नाघ्यो, कर्जा खाता २० लाख मात्रै

  • काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा राख्ने र ऋण लिएर चलाउने बीचको दूरी फराकिलो बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा पैसा राख्नेहरू बढे पनि त्यसअनुसार ऋण लिनेहरू नबढ्दा निक्षेप र कर्जा खाताबीचको खाडल चुलिँदै गएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपालको बैंकिङ प्रणालीमा निक्षेपकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहे पनि कर्जा लिनेहरूको सङ्ख्या भने निकै सुस्त गतिमा बढिरहेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क हेर्ने हो भने निक्षेप खाताको सङ्ख्या ६ करोड नाघ्दा कर्जा खाता सङ्ख्या २० लाख मात्रै रहेको छ ।

    AGNI GROUP

    चालू आर्थिक वर्षको सात महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या ६ करोड १८ लाख ५१ हजार २३० पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो खाता ५ करोड ८१ लाख ७२ हजार ७ सय थियो ।

    तर, कर्जा खाताको सङ्ख्या चालू आवको माघ मसान्तसम्म २० लाख ३४ हजार ९४६ पुगेको छ । २०८१ को कात्तिक मसान्तसम्म यस्तो खाताको सङ्ख्या १९ लाख २९ हजार ७९३ थियो ।

    निक्षेप र कर्जा खाताको सङ्ख्यामा सबैभन्दा बढी हिस्सा वाणिज्य बैंकले ओगटेको छ । वाणिज्य बैंकहरुमा ५ करोड ३० लाख निक्षेप खाता हुँदा कर्जा खाताको सङ्ख्या १६ लाख ९० हजार भन्दा बढी रहेको छ । गत वर्षको तुलनामा यी दुबै खाताको सङ्ख्यामा वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

    समग्रमा कुल कर्जा खाताको सङ्ख्या बढेको देखिएपनि विकास बैंकहरूमा भने घटेको छ । वाणिज्य बैंक र वित्त कम्पनीमा कर्जा खाता बढेपनि विकास बैंकमा भने एक वर्षको अवधिमा झण्डै ७ हजार कर्जा खाता घटेका छन् । विकास बैंकहरूमा २०८१ माघमा २ लाख ७४ हजार कर्जा खाता रहेकामा २०८२ माघसम्म आइपुग्दा २ लाख ६७ हजारमा झरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट