-
नेपाल आयल निगमले ग्यास अभाव व्यवस्थापन गर्न अस्थायी रूपमा आधा सिलिन्डर (७.१ केजी) ग्यास ९५५ रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ।
-
सर्वोच्च अदालतले किशोरी साह कमललाई कालोसूचीबाट हटाउन राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको छ।
-
स्वीस प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
-
अमेरिका–इजरायलसँगको युद्धका कारण इरानमा करिब ३२ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्।
-
नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी डब्लुटीओको व्यापार तथा वातावरण समितिको अध्यक्षमा निर्वाचित भएका छन्।
-
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा तनहुँका होमबहादुर भारतीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
-
नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको बैठकका क्रममा हृदयघात भएर निधन भएको छ।
-
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिहरूसँग समसामयिक आर्थिक विषयमा छलफल गरेका छन्।
-
नेप्से सूचक २३.८७ अंकले बढेर २८२०.४४ बिन्दुमा पुगेको छ।
-
कम्बोडियामा अनलाइन ठगीमा फसाइएका १६ नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ।
-
निर्वाचन सकिएपछि १ लाख ४९ हजारभन्दा बढी निर्वाचन प्रहरीलाई धन्यवादसहित बिदाइ गरिएको छ।
-
बुद्ध एयरले करिब ७० हजार उडान चक्र पूरा गरेको एटिआर ७२–५०० विमानलाई सेवा अवकाश दिएको छ।
-
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल १०१ डलर नाघेको छ।
-
नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार घटेर ३ लाख १७ हजार रुपैयाँ पुगेको छ।
-
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा विक हत्या प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन्।
-
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गरेका छन्।
-
इरानले युद्ध अन्त्यका लागि कानुनी अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने ग्यारेन्टी माग गरेको छ।
-
पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ २० प्रतिशत कैद छुट पाएर डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
-
च्याम्पियन्स लिग राउण्ड १६ पहिलो लिगमा रियल म्याड्रिड, पीएसजी र बोडो विजयी तथा आर्सनल बराबरीमा रोकिएको छ।
-
इरान–इजरायल तनावपछि भारतले रूसबाट करिब ३ करोड ब्यारेल कच्चा तेल खरिद गर्ने निर्णय गरेको छ।


