१- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले नेपाल–भारतबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।
२- कोरियन भाषा परीक्षाको उत्पादनमूलक तर्फको नतिजामा ५६ हजार २८३ परीक्षार्थीमध्ये ६ हजार ७१ जना (१०.८%) मात्र उत्तीर्ण भएका छन्।
३- नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
४- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयास जारी रहेको बताएका छन्।
५- गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबीच नेपाल–चीन सहकार्यका विषयमा भेटवार्ता भएको छ।
६- दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर ग्यारी कर्स्टन श्रीलंका राष्ट्रिय क्रिकेट टोलीका नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
७- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च २८ लाख ७ हजार १०० रुपैयाँ भएको विवरण सार्वजनिक गरेका छन्।
८- बजारमा ग्यास अभाव र बढी मूल्यमा बिक्री भएको खबरपछि ग्यास विक्रेता महासंघ नेपालले त्यस्तो कार्य नगर्न विक्रेतालाई चेतावनी दिएको छ।
९- एन्फा र खेलाडीबीच सहमति भएपछि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यालयको तालाबन्दी खोलिएको छ।
१०- अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण इन्धन संकटको सम्भावनाले विभिन्न देशले इन्धन बचतका उपाय सुरु गरेका छन्।
११- नेप्से परिसूचक मंगलबार ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा झरेको छ।
१२- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल सकिएपछि दुई पद रिक्त भएका छन्।
१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति व्लादिमिर पुटिनबीच इरान युद्ध र युक्रेनको अवस्थाबारे टेलिफोन वार्ता भएको छ।
१४- टी–२० विश्वकप २०२६ जितेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डले भारतीय टोलीलाई १३१ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
१५- प्रतिनिधिसभा निर्वाचनमा कमल थापा, राजेन्द्र महतो लगायत केही चर्चित उम्मेदवारको जमानत जफत भएको छ।
१६- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावी परिणामपछि मतदाता र समर्थकलाई धन्यवाद दिँदै हारलाई प्राविधिक विषय मात्र भएको बताएका छन्।
१७- विश्व बजारमा कच्चा तेलको मूल्य घटेर ब्रेन्ट करिब ९२.५० डलर प्रति बैरल पुगेको छ।
१८- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले चुनावी हारपछि नेतृत्वले नैतिकताको नाममा राजीनामा दिन नहुने बताएका छन्।
१९- नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख १७ हजार र चाँदी तोलाको ५ हजार ७२० रुपैयाँ पुगेको छ।
२०- इरानकी पाँच महिला फुटबल खेलाडीलाई सुरक्षा चिन्ताका कारण अष्ट्रेलियाले मानवीय भिसा दिएको छ।


