Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    १. प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरीको भूमिका प्रशंसनीय रहेको बताए।

    AGNI GROUP

    २. काठमाडौँ महानगरपालिकाले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।

    ३. निर्वाचन आयोगले आज रातिदेखि निर्वाचन आचारसंहिता लागू नहुने जनाएको छ।

    ४. एमाले नेता सूर्य थापाले पार्टीभित्रको आलोचना संयमित रूपमा समीक्षा गर्नुपर्ने बताएका छन्।

    ५. रूसका राष्ट्रपति व्लादिमिर पुटिनले इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीलाई बधाई दिएका छन्।

    ६. सर्वोच्च अदालतले धनुषा–१ का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजको कारण माग गरेको छ।

    ७. प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।

    ८. एन्फाले केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    ९. राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    १०. बहराइनको तेल कम्पनी बापको इनर्जीले विशेष अवस्था घोषणा गरेको छ।

    ११. एमाले नेता योगेश भट्टराईले पार्टीलाई सुधार गरेर पुनः उठाउन सकिने बताएका छन्।

    १२. रास्वपा नेता बालेन शाहले झापा–५ निर्वाचनको खर्च विवरण आयोगमा बुझाएका छन्।

    १३. नेप्सेमा तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि शेयर कारोबार बन्द भएको छ।

    १४. कतारमा फेक समाचार फैलाएको आरोपमा ३१३ जना पक्राउ परेका छन्।

    १५. नेकपाले धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै आपत्ति जनाएको छ।

    १६. नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ।

    १७. राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका एजेन्डाबारे पुनर्विचार आवश्यक भएको बताएका छन्।

    १८. एमाले नेता गोकुल बास्कोटाले समयअनुसार पार्टी र नेतृत्वमा परिवर्तन आवश्यक भएको बताएका छन्।

    १९. मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको छ।

    २०. मध्यपूर्वको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०० डलर नाघेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट