Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सकारात्मक सर्किट लागेको छ । निर्वाचन पछि खुलेको नेप्सेको कारोबारको सुरुवातमै सकारात्मक सर्किट लागेको हो ।
कारोबार शुरु भएको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढेको छ । नेप्से १०८.६० अंकले बढेर २ हजार ८२१ दशमलव १० विन्दुमा पुगेको छ । यस अवधिमा करिब १९ करोडको कारोबार भएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij