१. गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको टोलीले बाँकेमा सुरक्षा तयारी अनुगमन गरी स्वच्छ निर्वाचन सुनिश्चित गर्न निर्देशन दिएको छ।
२. नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको छ। कर्ण मल्ल पुनः कांग्रेसमै फर्किएका छन्।
३. इरानको प्रतिआक्रमणमा यूएईमा नेपालसहित तीन देशका एक-एक नागरिकको मृत्यु भएको छ, दर्जनौँ घाइते भएका छन्।
४. महामन्त्री प्रदीप पौडेलले कांग्रेस कुनै दलसँग होइन, गरिबी र भ्रष्टाचारसँग प्रतिस्पर्धामा रहेको बताएका छन्।
५. दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।
६. अख्तियारले रञ्जिता श्रेष्ठको धरौटी आदेश बदर गर्न सर्वोच्चमा निवेदन दिएको छ।
७. इजरायल–अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको दाबी गरिएको छ।
८. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश दुई प्रकारका अतिवादको जोखिममा रहेको बताएका छन्।
९. राष्ट्रिय मानव अधिकार आयोगले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण गराएको छ।
१०. नेप्से १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको छ।
११. नेपाली सेनाले एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षित गराउने प्रतिबद्धता जनाएको छ।
१२. कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर प्रदर्शन हिंसात्मक बन्दा ९ जनाको मृत्यु भएको छ।
१३. प्रहरी महानिरीक्षकले भयरहित निर्वाचनका लागि पूर्ण तयारीमा रहन निर्देशन दिएका छन्।
१४. इरानमा सर्वोच्च नेताको मृत्युपछि तीन सदस्यीय अस्थायी समिति गठन गरिएको छ।
१५. केपी शर्मा ओलीले मतदातालाई ‘देश पहिले’ भन्ने स्पष्ट कित्ता रोज्न आह्वान गरेका छन्।
१६. निर्वाचनका दिन अत्यावश्यक सेवाका सवारीसाधनलाई पास नचाहिने व्यवस्था गरिएको छ।
१७. नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।
१८. इरान–इजरायल तनावले विश्व तेल बजारमा मूल्य वृद्धि र अस्थिरताको चिन्ता बढेको छ।
१९. इरानी सरकारी मिडियाले अली खामेनीको मृत्यु भएको जनाएको छ, औपचारिक पुष्टि भने छैन।
२०. बार्सिलोनाले भिल्लारियललाई ४–१ ले हराउँदै ला लिगामा शीर्ष स्थान कायम राखेको छ।


