Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो । यसका लागि फागुन १३ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८८ लाख करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ ।
यो लगानी सन् २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २७ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij