Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

  • काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । 

    onlinepatrika
    Arghakhachi

    १. रास्वपाले सहकारी संकट समाधानका लागि १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने, ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने र ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीलाई नेपाल राष्ट्र बैंकको कडा निगरानीमा ल्याउने घोषणा गरेको छ। पार्टी सभापति रवि लामिछाने विरुद्ध सहकारी मुद्दा विभिन्न अदालतमा विचाराधीन छ।

    AGNI GROUP

    २. टी-२० विश्वकपमा जिम्बाबेले श्रीलंकालाई ६ विकेटले हराउँदै समूह ‘बी’मा शीर्ष स्थान हासिल गरेको छ। दुवै टोली सुपर–८ मा पुगेका छन्।

    ३. रास्वपा त्यागेका प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    ४. जोहरान ममदानीले धनी र कम्पनीमाथि कर नबढे सम्पत्ति कर बढाउनुपर्ने चेतावनी दिएका छन्।

    ५. कांग्रेस सभापति गगन थापाले रवि लामिछानेविरुद्धको प्रमाण सर्वोच्च अदालतको आदेशमै रहेको दाबी गरेका छन्।

    ६. जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ।

    ७. बेलायतका राजा चार्ल्स तृतीयका भाइ एन्ड्र्यु माउन्टबेटन-विन्डसर पक्राउ परेका छन्।

    ८. पाकिस्तानको कराचीमा सिलिन्डर विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ।

    ९. केपी शर्मा ओलीले मतदातासँग ६ राजनीतिक प्रश्न उठाएका छन्।

    १०. गगन थापाले फागुन २१ पछि कांग्रेसको बहुमत सरकार बन्ने दाबी गरेका छन्।

    ११. ओलीले भदौ २४ को घटना लोकतन्त्रविरुद्ध योजनाबद्ध आक्रमण भएको बताएका छन्।

    १२. वेस्ट इन्डिजले टी-२० विश्वकपमा इटालीलाई ४२ रनले हराएको छ।

    १३. दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक येओललाई विद्रोह मुद्दामा आजीवन काराबास सजाय भएको छ।

    १४. नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै युवालाई निःशुल्क डाटा लगायत विभिन्न योजना घोषणा गरेको छ।

    १५. रास्वपामा आन्तरिक असन्तुष्टि बढ्दै नेताहरूले पार्टी छाडिरहेका छन्।

    १६. उत्तर कोरियाका नेता किम जोंग उनले ५० नयाँ रकेट प्रक्षेपक तैनाथ गरेका छन्।

    १७. नेपालमा सुन तोलाको ३ लाख ४ हजार ७ सय पुगेको छ।

    १८. प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रलाई व्यवहारमा लागू गर्न जोड दिएकी छन्।

    १९. आज नेपालमा १०औँ निर्वाचन दिवस मनाइएको छ।

    २०. अमेरिकाईरानबीच तनाव बढ्दै सैन्य टकरावको सम्भावना बढेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट