Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

  • काठमाडौँ । काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित लागूऔषध सहित ५ जनालाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२८ बागबजार ठेगाना भएकी ४० वर्षीया कमला लामा, काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने भारत बिहार ठेगाना भएका ३० वर्षीय गोविन्द पोद्दार, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-११ ठेगाना भएका ३२ वर्षीय मान बहादुर तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ ठेगाना भएका ३३ वर्षीय शुवाश श्रेष्ठ र तेमाल गाउँपालिका-६ ठेगाना भएकी ३६ वर्षीया सिता राना मगर रहेका छन् ।

    पक्राउ परेकामध्ये लामाको साथबाट नियन्त्रित लागूऔषध ३२ एम्पुल बुप्रेनोर्फिन ९नूफिन०, ५० एम्पुल बुप्रेनोर्फिन ९लुपिजेसिक०, १ सय ९१ एम्पुल डाईजेपाम र नगद ४० हजार रुपैयाँ, पोद्दारको साथबाट नियन्त्रित लागूऔषध ११ एम्पुल बुप्रेनोर्फिन ९नुफिन०, १२ एम्पुल डाइजेपाम र ९ एम्पुल फेनारगन, तामाङको साथबाट नियन्त्रित लागूऔषध ५ एम्पुल डाइजेपाम, ५ एम्पुल बुप्रेनोर्फिन र ५ एम्पुल फेनारगन, श्रेष्ठको साथबाट नियन्त्रित लागूऔषध १ सय ८७ एम्पुल डाइजेपाम, २ सय ९ एम्पुल बुप्रेनोर्फिन, १ सय ४१ एम्पुल फेनारगन र नगद ५० हजार ५ सय रुपैयाँ र मगरको साथबाट नियन्त्रित लागूऔषध २६ एम्पुल बुप्रेनोर्फिन, २६ एम्पुल डाइजेपाम र २६ एम्पुल फेनारगन प्रहरीले बरामद गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij