Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । बिहिबार विधायन व्यवस्थापन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो ।
आज विधायन व्यवस्थापन समितिको बैठक ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ ।
साथै, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij