Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिटिजन्स बन्यो ‘नेपाल पे’ जारी गर्ने पहिलो बैंक

सिटिजन्स बन्यो ‘नेपाल पे’ जारी गर्ने पहिलो बैंक

  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउसबीच नेसनल कार्ड स्विच अन्तरगत डोमेस्टिक कार्ड स्किममार्फत ‘नेपाल पे’ कार्ड सञ्चालनका लागि सम्झौता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

    AGNI GROUP

    सम्झौता अन्तर्गत सिटिजन्स बैंक एनसिएचएलको इलेक्ट्रोनिक फन्ड मेब्मरभित्र नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक भएको छ । यसपश्चात सिटिजन्स बैंकको एटिएम तथा पोस टर्मिनलहरुमा नेपालपे कार्ड साथै डिस्कोभर, डिनर्स, पल्स जस्ता इन्टरनेसनल कार्डहरु पनि स्वीकार्य हुनेछन् ।

    यससँगै बैंकका ग्राहकहरुले छिट्टै एनसिएचएलद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम नेपालपे कार्ड पनि प्राप्त गर्न सक्नेछन् ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए‍‍.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।

    हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्ज अकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट