Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रेडमी नोट १५ नेपाली बजारमा

रेडमी नोट १५ नेपाली बजारमा

६,००० mAh ब्याट्री र अत्याधुनिक एआई फिचरसहित

  • काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो लोकप्रिय रेडमी नोट सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन ‘रेडमी नोट १५’ (Redmi Note 15) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    आकर्षक डिजाइन र उत्कृष्ट कार्यसम्पादन क्षमता भएको यो फोन ‘टाइटन ड्युराबिलिटी’ अवधारणामा आधारित रहेको र देशभरका आधिकारिक डिलरमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    AGNI GROUP

    यो स्मार्टफोनको मुख्य विशेषता यसमा रहेको ६,००० mAh को शक्तिशाली ब्याट्री हो, जसले एकपटकको फुल चार्जमा दुई दिनसम्मको प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्मको कल सपोर्ट प्रदान गर्दछ ।

    ३३ वाट टर्बो चार्जिङ सुविधा भएको यस फोनको ब्याट्री २,००० पटकसम्म चार्ज गर्दा पनि ८० प्रतिशतभन्दा बढी क्षमता कायम रहने गरी डिजाइन गरिएको छ, जसले ६ वर्षभन्दा बढीको भरपर्दो प्रयोग सुनिश्चित गर्छ ।

    फोटोग्राफीका लागि यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा, ३ गुणा अप्टिकल टेलिफोटो क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । फोनमा ‘एआई इरेज’, ‘एआई ब्युटिफाई’ र ‘गुगल जेमिनाई’ (Google Gemini) जस्ता स्मार्ट एआई फिचरहरू समावेश छन् । ६.७७ इन्चको एमोलेड (AMOLED) डिस्प्ले रहेको यो फोनमा १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने अल्ट्रा-ड्युरेबल ग्लास प्रयोग गरिएको छ ।

    मिडियाटेक हेलियो जी१००-अल्ट्रा (MediaTek Helio G100-Ultra) चिपसेटद्वारा सञ्चालित यो फोन विभिन्न चार रङहरूमा उपलब्ध छ । मूल्यको हकमा, ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको रु. २९,९९९ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको रु. ३५,९९९ तोकिएको छ । यो फोन नेपालमा टेलिडाइरेक्ट प्रा. लि. र वत्सम् इम्पेक्स प्रा. लि. मार्फत खरिद गर्न सकिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij