Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले चुनावी घोषणापत्र २०८२ सार्वजनिक गरेका हुन् ।
‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ नारासहित सो पार्टी आफ्नो घोषणापत्र सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष राजेन्द्र महतो, वरिष्ठ उपाध्यक्ष कमला गुरुङ, महासचिवद्वय केशव झा, अनिल महासेठ, सचिव शेर बहादुर शाह, नेताहरू बलराम वाग्ले, शिवेस बज्राचार्य, अनुप बुढामगर, इन्द्र श्रेष्ठ, गमन फडेरा, सुभासिनी श्रेष्ठ, विकास घिमिरे, कृष्ण रावत, इन्दिरा थापा, नर्वदा भट्टराईलगायत उपस्थित थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij