Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १ सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइको काम भइरहेको हो ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कूल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ । डोल्पा, मुगु, जुम्ला, कैलाली, कञ्चनपुर, झापा, मोरङ, गोरखा, बागलुङ, बर्दिया लगायत ४४ जिल्लाको मतपत्र छपाइ पूरा भइसकेको आयोगले जनाएको छ ।
छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङको काम पनि सम्पन्न भइसकेको छ। सोमबारसम्म १० हजार ७ सय ५९ बाकस मतपत्र प्याकिङ भइसकेको आयोगले जानकारी दिएको छ । प्रत्यक्षतर्फ कूल २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य आयोगको रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij