Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सरकारले स्वास्थ्य बीमा बन्द हुन दिनु हुँदैन: प्रदीप पौडेल

सरकारले स्वास्थ्य बीमा बन्द हुन दिनु हुँदैन: प्रदीप पौडेल

  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भए पनि अहिले अवरोध आएकोमा दुःख प्रकट गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ‘बीमा हामी हुँदा कहिं बन्द भएको थिएन,’ उनले भने,‘यो सरकारले पनि बन्द हुन दिनु हुँदैन ।’

    AGNI GROUP

    काठमाडौं ५ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा रहँदा स्वास्थ्य बीमाको सुधार गर्दै नीतिगत तथा व्यवहारिक सुधार अघि बढाएर कानूनी संसोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिए पछि त्यो प्रक्रिया रोकिएको उनले गुनासो गरे ।

    ‘स्वास्थ्य बीमा बन्द भयो भने नागरिकले उपचार गर्नै नसक्ने भयावह स्थिती आउँछ,’ उनले भने । स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोणसहित प्रतिवेदन बनाएर राष्ट्रिय सभामार्फत कानून संसोधन हुने कार्यसूचीमा रहेको उनले बताए ।

    उनले आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधासहित ३ लाखदेखि साढे ७ लाखसम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई सुधार मात्रै विकल्प भएको बताए ।

    ‘हामीले तयार गरेको प्रतिवेदनको आधारमा प्रक्रिया लागु गर्ने हो भने एक वर्षमा १ खर्ब सम्म बीमाले आम्दानी गर्छ,’ उनले भने, ‘त्यसो भए चाहिनेलाई ५ लाख दिन कुनै गाह्रो हुने छैन । हामीले कसरी गर्ने, कसलाई दिने सबै तय गरेर छाडेका छौं ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij