Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डा. मल्ललाई रिलायन्स फाइनान्सको सीईओको जिम्मेवारी

डा. मल्ललाई रिलायन्स फाइनान्सको सीईओको जिम्मेवारी

  • काठमाडौं । रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी डा. बुद्धि मल्लले पाएका छन् । फाइनान्सको सञ्चालक समितिले डा. मल्ललाई नियुक्ति गर्ने निर्णय गरेपछि उनले सीईओको जिम्मेवारी पाएका हुन् । 

    बोर्डको निर्णयअनुसार उनले आगामी फागुन १ गतेदेखि कार्यभार सम्हाल्ने छन् । रिलायन्स फाइनान्समा आउनुअघि उनी एनएमबी  बैंकमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिए ।

    बैंकिङ र लेखनको क्षेत्रमा लामो समयदेखि सक्रिय डा. मल्लले आफ्नो तीन दशक लामो व्यावसायिक अनुभवमार्फत वित्तीय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । मुख्यतया बैंकिङ क्षेत्रमा केन्द्रित रहेका मल्लसँग यस क्षेत्रको करिब साढे दुई दशक लामो अनुभव छ । आफ्नो वृत्तिविकासको क्रममा मल्लले विभिन्न प्रतिष्ठित वित्तीय संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । 

    उनले राइजिङ डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल नेतृत्व प्रदान गरेका थिए । यसका साथै, उनले ओम डेभलपमेन्ट बैंक लिमिटेडमा डेपुटी सीईओको जिम्मेवारी समेत सम्हालेका थिए ।

    बैंकिङ करियरका अतिरिक्त मल्ल एक स्थापित लेखक र स्तम्भकारका रूपमा पनि चिनिन्छन् । उनले पाठकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले 'सफलता सम्भव छ' नामक प्रेरणात्मक पुस्तक लेखेका छन् । एक बहुआयामिक व्यक्तित्वका रूपमा उनले बैंकिङ, अर्थतन्त्र, उत्प्रेरणा र साहित्य जस्ता विविध विषयहरूमा केन्द्रित रहेर थुप्रै लेखहरू समेत प्रकाशन गर्दै आएका छन् । अब दोस्रो पुस्तक 'सपना साकार हुन्छन्' चाँडै प्रकाशित हुने क्रममा रहेको उनले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट