Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

  • काठमाडौं । रौतहट–२ बाट प्रतिनिधि सभामा रास्वपाका उमेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका–४ मठियाकी चार वर्षिया अल्फा खातुनको मृत्यु भएको हो ।

    AGNI GROUP

    चुनाब प्रचार कै क्रममा बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले नाबालिकालाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।

    गाडीको ठक्करबाट गम्भीर घाइते बालिकाको गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    उपचारको क्रममा बालिकाको ज्यान गएपछि चालक अस्पतालबाटै फरार भएका छन् । प्रहरीले बालिकालाई ठक्कर दिएको गाडी नियन्त्रणमा लिएर चालकको खोजी गरिरहेको बताएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij