Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका एक नेताले पार्टी परित्याग गरेका छन् । रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका डा. श्री कुँवरले पार्टी परित्याग गरेका हुन् ।
पार्टीले प्राइमरी इलेक्सन गरेर मात्रै उम्मेदवार छनोट गर्ने बताएकोमा त्यस्तो नगरी उम्मेदवार छनोट गरेकाले आफूले पार्टी परित्याग गरेको उनले बताएका छन् । रुपन्देही–१ बाट कुँवरसहित ६ जनाको नाम सिफारिस भएकोमा रास्वपाले सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो ।
उम्मेदवार आकांक्षीबाट २५ हजार रुपैयाँ लिएर प्राइमरी इलेक्सन नै नगरेको, राष्ट्रियताप्रति पार्टीको सोच र दृष्टिकोण स्पष्ट नभएको भन्दै उनले पार्टी परित्याग गरेको बताएका छन् ।
लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा रहेर काम गरेका थिए ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij