Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ : रामप्रसाद भण्डारी

निर्वाचनमा प्रविधिको दुरुपयोग रोक्नुपर्छ : रामप्रसाद भण्डारी

  • काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रिया प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगका प्रतिनिधिसँग टिकटकको प्रतिनिधिमण्डलले भेट्दा भण्डारीले सबै पक्षलाई प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सजग हुन आह्वान गरेका हुन् ।

    AGNI GROUP

    उनले टिकटकको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भने, ‘तपाईंहरूले नेपालको निर्वाचनलाई निःशुल्क, पवित्र सोचका साथ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ, जुन अत्यन्त महत्वपूर्ण छ ।’

    आयोगले आगामी निर्वाचनमा सामाजिक सञ्जाल प्लेटफर्महरूसँग समन्वय गरी गलत सूचना, भ्रम फैलाउने सामग्री र निर्वाचन आचारसंहिताविपरीतका गतिविधि नियन्त्रण गर्ने तयारी गरेको जनाएको छ ।

    भण्डारीले थपे, ‘आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन । यसले निर्वाचन प्रक्रिया बिथोल्ने मात्र नभई लोकतान्त्रिक माहोल धमिल्याउने प्रयास हुन सक्छ । विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनमा छ ।’

    विश्वव्यापी रूपमा सामाजिक सञ्जालमार्फत निर्वाचन प्रभावित हुने जोखिम बढिरहेको अवस्थामा आयोगले प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्दै कडा कदम चाल्ने योजना बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij