Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शिखर पावरको आईपीओमा स्थानीयले आवेदन दिने म्याद थपियो

शिखर पावरको आईपीओमा स्थानीयले आवेदन दिने म्याद थपियो

  • काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिने म्याद थपिएको छ।

    onlinepatrika
    Arghakhachi

    आयोजना प्रभावित स्थानीयका लागि शिखर पावरको आईपीओ निष्कासन बन्द छिटोमा माघ २० गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेका कारण अब स्थानीयले फागुन ८ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। सो अवधिभन्दा अगावै पर्याप्त आवेदन परेको खण्डमा जुनसुकै समयमा पनि आईपीओ निष्कासन बन्द गरिने धितोपत्र बिक्री प्रबन्धक बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

    AGNI GROUP

    पहिलो चरणमा कम्पनीले गत माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो आईपीओको निष्कासन बन्द गत माघ ९ गते गरिएको छ।

    कम्पनीले कुल कित्तामध्ये ९ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र बागलुङको बडिगाड गाउँपालिकाको वडा नं १ देखि १० सम्मका सम्पूर्ण वडाहरु र आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित क्षेत्र बागलुङको ढोरपाटन नगरपालिका बडा नं २, ३, ४ र ५ का बासिन्दाका लागि जारी गरेको छ। स्थानीयले यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई बैंकका शाखा नक्साल, बुर्तिवाङ र बाग्लुङ बजार, प्रभु बैंकको शाखा ग्वालीचौर, गरिमा विकास बैंकको शाखा बुर्तिवाङ र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शाखा बुर्तिवाङबाट आवेदन दिन सक्नेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट