Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रास्वपाकी जुम्ला उपसभापति काँग्रेसमै फर्किइन्

रास्वपाकी जुम्ला उपसभापति काँग्रेसमै फर्किइन्

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाही नेपाली कांग्रेसमा फर्किएकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    शाही आइतबार कांग्रेसमै फर्किएकी हुन् । उनलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरिन् ।

    AGNI GROUP

    जुम्लाको चन्दननाथ नगरपालिका–५ की शाही यसअघि कांग्रेसमै सक्रिय राजनीति गरिरहेकी थिइन् । वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी शाही केही समयमै जिल्ला उपसभापति भएकी थिइन् । तर, अपेक्षित राजनीतिक अभ्यास, स्थानीय एजेन्डामा स्पष्टता र सङ्गठनात्मक स्थायित्व नदेखिएको भन्दै उनी पुन: काँग्रेस फर्किएको बताएकी छिन् ।

    जुम्लामा गत निर्वाचनमा राप्रपाका ज्ञानेन्द्र शाही विजयी भएका थिए भने उनी यस पटक पनि उम्मेदवार बनेका छन् । यस पटक एमालेबाट शान्ति लाल महत, नेपाली काँग्रेसबाट दिप बहादुर शाही, नेकपाबाट नरेश भण्डारी र रास्वपाबाट विनिता कठायत उम्मेदवार बनेका छन् ।

    जुम्लामा यस चुनावमा दल र स्वतन्त्र गरेर १० उम्मेदवार रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij