Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

भारतले इरानको तेल किन्न छोडेर अमेरिकासँग किन्ने ट्रम्पको दाबी

भारतले इरानको तेल किन्न छोडेर अमेरिकासँग किन्ने ट्रम्पको दाबी

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भारतले इरानको सट्टा भेनेजुएलाको तेल किन्न सम्झौतामा हस्ताक्षर गरेको दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरेपछि अमेरिकाले भेनेजुएलाको तेल उद्योगमाथि नियन्त्रण लिने योजना बनाइरहेको छ । ट्रम्पले भेनेजुएला अब अमेरिकालाई उल्लेखनीय मात्रामा तेल आपूर्ति गर्न तयार रहेको पनि घोषणा गरेका छन् ।

    AGNI GROUP

    शनिबार एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई सोधिएको थियो – के चीनले भेनेजुएलालाई तेलको लागि तिरेको पैसा फिर्ता लिनेछ ?

    यसको जवाफमा ट्रम्पले भने, “मलाई यसको बारेमा केही थाहा छैन । तर म तपाईंलाई भन्छु, चीनलाई स्वागत छ र उनीहरूले तेलमा धेरै राम्रो सम्झौता गर्न सक्छन् । हामी चीनलाई स्वागत गर्दछौं ।”

    ट्रम्पले भने, “हामीले पहिले नै सम्झौता गरिसकेका छौं भारतले इरानबाट किन्नुको सट्टा भेनेजुएलाबाट तेल किन्नेछ । हामीले त्यो सम्झौता गरिसकेका छौं ।”

    ट्रम्पले भने, ‘भेनेजुएलाको तेल किन्न चीनलाई पनि स्वागत छ, उनीहरू आएर तेल किन्न सक्छन् ।’ ट्रम्पको यो दावीमा भारतबाट कुनै प्रतिक्रिया आएको छैन ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij