Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै

अस्थायी मतदाता विवरण पनि सङ्कलन हुँदै

  • काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ अस्थायी मतदाता विवरण सङ्कलन सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलागयतको विवरण सङ्कन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले बताए ।

    AGNI GROUP

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता पालना र सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकार भएकाहरूसँग छलफल पनि गरिसकेको छ । हालसम्म आचारसंहिता उल्लङ्घनका उजुरी नपरेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताए ।

    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा सहभागी दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । यो जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij