Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रौतहटमा एमालेले गर्‍यो ५ जनालाई कारबाही

रौतहटमा एमालेले गर्‍यो ५ जनालाई कारबाही

पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप

  • काठमाडौं । नेकपा एमाले रौतहटले पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच जनालाई कारबाही गरेको छ । बिहीबार बसेको जिल्ला कमिटी बैठकले उक्त निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कारबाही पर्नेमा एक निर्वाचित वडाध्यक्ष र एक वडा सदस्यसमेत छन् । उनीहरूलाई पदमै नरहने गरी कारबाही गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने बैठकले गरेको छ ।

    AGNI GROUP

    जिल्लाको गरुडा स्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य असु सिंह, उहाँका श्रीमान् तथा केही समय पहिला भएको नेकपा एमालेको महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित बबन सिंह, युवा सङ्घ नेपाल रौतहटका जिल्ला संयोजक मुन्ना यादव, गरुडा नगरपालिका-५ का वडा अध्यक्ष रामबाबु चौधरी तथा चन्द्रपुर नगरपालिका वडा नम्बर–४ की वडा सदस्य प्रेमकुमारी तिमल्सिनालाई कारबाहीको सिफारिस गर्ने निर्णय गरेको हो ।

    विशेषगरी वडा अध्यक्ष चौधरी र वडा सदस्य तिमल्सिनालाई पदबाट हटाउने गरी निर्वाचन आयोगमा सिफारिस पठाउने निर्णय भएको नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिए ।

    सचिव दाहालका अनुसार उनीहरूले पार्टी हितविपरीत गतिविधि गरेको पुष्टि भएपछि सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको हो । पार्टी अनुशासन र संगठनात्मक मर्यादाविपरीत काम गर्ने जो कोहीलाई पनि छुट नदिइने स्पष्ट सन्देशसहित यो निर्णय गरिएको उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij