Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड, अन्य सूचक कस्ता ?

हिमालयन बैंकको नाफा १ अर्ब २९ करोड, अन्य सूचक कस्ता ?

  • काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब २९ करोड २६ लाख ८१ हजार नाफा कमाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यो नाफा गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड ८७ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

    AGNI GROUP

    यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१८ प्रतिशतले घटेर ४ अर्ब ७० करोड २३ लाख २७ हजार रहेको छ । यस्तै सञ्चालन नाफा ३ अर्ब १२ करोड ३३ लाख ६९ हजार रुपैयाँबाट १ अर्ब ८५ करोड ३७ लाख ८७ हजार रहेको छ । बैंकको वितरणयोग्य नाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

    २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ३० करोड ८७ लाख ५५ हजार रहेको छ ।

    बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.९६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ११.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७४.२३ रुपैयाँ रहेको छ ।

     

    •  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट