Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कस्तो छ रवि लामिछानेको स्वास्थ्य अवस्था?

कस्तो छ रवि लामिछानेको स्वास्थ्य अवस्था?


  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था हाल स्थिर र सामान्य रहेको अस्पतालले स्पष्ट पारेको छ ।

    onlinepatrika
    Arghakhachi

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जारी गरेको आधिकारिक सूचनाअनुसार उनलाई हिजो साँझ उपचारका लागि भर्ना गरिएको हो । अस्पतालका प्रवक्ता डा.गोपाल सेडाईका अनुसार उनको उपचार नशामार्फत एन्टिबायोटिक औषधि दिइने प्रक्रियामार्फत भइरहेको छ ।

    AGNI GROUP

    अस्पतालको विवरणमा जनाइएअनुसार माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो । प्रारम्भिक औषधि सेवनबाट अपेक्षित सुधार नदेखिएपछि संक्रमण (सेलुलाइटिस) देखिएको र त्यसपछि हाडजोर्नी विभागमा भर्ना गरी उपचार अघि बढाइएको हो ।

    यसैबीच सामाजिक सञ्जालमा फैलिएका केही तस्बिरहरू अस्पतालभित्र खिचिएका नभएको पनि अस्पतालले स्पष्ट गरेको छ । अस्पताल प्रशासनले उपचार प्रक्रिया चिकित्सकहरूको निगरानीमा नियमित रूपमा जारी रहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij