Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सिप र आय जोडिए अर्थतन्त्र बलियो हुन्छ : सुनिता डंगोल

सिप र आय जोडिए अर्थतन्त्र बलियो हुन्छ : सुनिता डंगोल

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा काठमाडौँ महोत्सव एवं काठमाडौँ बिजनेस एक्स्पो सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उदेश्यका आयोजना गरिएको महोत्सव माघ १७ गतेसम्म चल्नेछ ।

    AGNI GROUP

    महोत्सवको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरिन्। सो क्रममा डंगोलले महिला, युवा लगायतको सशक्तिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्ने बताइन् ।

    आर्थिक रुपमा आत्मनिर्भरका साथै आफूसँग भएका सीपलाई आयआर्जनसँग जोड्नका लागि मेला महोत्सव महत्वपूर्ण हुने उनले बताइन् । उनले काठमाडौं महानगरले पनि एक वडा एक नमूना उद्यमशील कार्यक्रम आयोजना गरिरहेको र गृहिणीहरुलाई सीप सिकाउने काम भइरहेको जानकारी दिइन् ।

    महोत्सवमा करिब दुईसय भन्दा बढी व्यावसायिक स्टलहरू रहेका छन् भने घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ तथा व्यवसायिक दृश्यता प्रदान समेत गरिने नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij