Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

छानबिन आयोगको प्रगति सदनलाई जानकारी गराउन माग

छानबिन आयोगको प्रगति सदनलाई जानकारी गराउन माग

  • काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसद सुमित्रा बीसीले गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गरेकी छिन् ।​ 

    onlinepatrika
    Arghakhachi
    राष्ट्रियसभा सदस्य गङ्गाकुमारी वेल्वासेले राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणका कारण नागरिकको ज्यान जाने र घाइते हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उल्लेख गरिन् ।

    अर्का सांसद गोपीबहादुर सार्की आछामीले झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा हात्तीको आतङ्क बढ्दै गएको बताए ।

    AGNI GROUP

    सांसद तुलसाकुमारी दाहालले सर्लाही जिल्लामा दादुरा र रुबेलाजस्ता सरुवा रोगको प्रकोप बढिरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताइन् ।

    सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्पका पीडितले अझै पर्याप्त राहत नपाएका गुनासो गरे । पुनर्निर्माणका सम्पन्न नहुँदा भूकम्प पीडितको जीवन कष्टकर भएको उनले बताए ।

    सांसद शारदादेवी भट्टले मदिरापान गरी सवारीसाधन चलाउने तथा सवारी नियम उल्लङ्घन गर्नेलाई कठोर सजाय हुनुपर्ने बताइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij