Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । निर्वाचन आयोग निर्वाचन आचार संहितालाई कडाइका साथ लागू गर्न लागेको छ। आयोगले चुनावमा होमिएका र निर्वाचन आचार संहिता उल्लंघन गरेका विभिन्न दलका नेतालाई स्पष्टीकरण सोध्न लागेको हो।
आयोगले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई आयोगले स्पष्टीकरण सोध्ने भएको छ। निर्वाचनमा बालबालिकाको प्रयोग गरेको विषयमा साम्पाङलाई स्पष्टीकरण सोध्न लागिएको हो। उनीमाथि निर्वाचनमा बालबालिका प्रयोग गरेको उजुरी परेपछि आयोगले स्पष्टिकरण सोध्न लागेको हो।
यसअघि आयोगले नेकपा नेता शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij