Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याण बिक्रम पाँडे पुन: नियुक्त भएका छन् । पाँडेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
सञ्चालक समितिको गत पुस ३० गते बसेको १८२ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुन: चयन गरेको थियो । पाँडे यसअघि पनि संस्थाको संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड समूहको तर्फबाट प्रतिनिधित्व गर्दै) र अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन्। हाल उनी सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।
सपथ ग्रहण कार्यक्रममा संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij