Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट नेपाली कांग्रेसका तर्फबाट नानू बास्तोला उम्मेदवार बनेकी छिन्। उनले मंगलबार मनोनयन दर्ता गराएकी छिन्।
बास्तोला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । उनी काठमाडौं ९ मा लोकप्रिय नेतृका रुपमा चिनिन्छिन्।
बास्तोलाले महिला सशक्तीकरण र सामाजिक कार्यमा समेत पहिचान बनाएकी छिन्।
उम्मेदवारी दर्तापछि उनले युवालाई साथ लिएर हिड्ने तथा अग्रजलाई सम्मान गर्ने आफ्नो अभियान रहेको औंल्याइन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij