Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

महोत्तरीमा ४ मा जसपा नेपाललबाट डा. सुरेन्द्र यादवले दर्ता गराए मनोनयन

महोत्तरीमा ४ मा जसपा नेपाललबाट डा. सुरेन्द्र यादवले दर्ता गराए मनोनयन

  • काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका तर्फबाट डा. सुरेन्द्र कुमार यादवले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट मनोनयन दर्ता गराएका छन्।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन अधिकृतको कार्यालय पुगेर डा. यादवले आफ्नो मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा जसपा नेपालका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति थियो।

    AGNI GROUP

    मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. यादवले मधेशका मुद्दा, सामाजिक न्याय, सुशासन र समावेशी विकासलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउने बताए । उनले जनताको अधिकार र समृद्धिका लागि संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।

    महोत्तरी क्षेत्र नं. ४ मा यसअघि पनि प्रतिस्पर्धात्मक राजनीति हुँदै आएको छ। गत निर्वाचनमा नेपाली कांगे्रसका महेन्द्र कुमार रायबाट पराजित भएका थिए । काँग्रेसका यादवले २५ हजार ४ सय ४८ मत ल्याउँदा जसपा नेपालका डा.यादवलले २१ हजार ३ सय ३१ मत प्राप्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट