Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एमाले परित्याग गरेका पूर्वमन्त्री गुप्ताले नेकपाबाट कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता

एमाले परित्याग गरेका पूर्वमन्त्री गुप्ताले नेकपाबाट कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता

  • काठमाडौँ । नेकपा (एमाले) परित्याग गरेका पूर्वमन्त्री तथा पूर्वसांसद वृजेशकुमार गुप्ताले एमाले परित्याग गरेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह ‘तारा’ बाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गुप्ताले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् ।

    AGNI GROUP

    उनको उम्मेदवारी प्रस्तावकमा धर्मबहादुरलाल श्रीवास्तव र समर्थकमा रामदास चौधरी रहेका छन् ।

    पूर्वमन्त्री गुप्ता यसअघि नेकपा (एमाले)बाट राजनीति गर्दै आएका अनुभवी नेता हुन् ।

    नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएसँगै कपिलवस्तु-२ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट