Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

तनहुँ–१ मा दीपकराज जोशीले दर्ता गराए स्वतन्त्र उमेदवारी

तनहुँ–१ मा दीपकराज जोशीले दर्ता गराए स्वतन्त्र उमेदवारी

  • काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा दीपकराज जोशीले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । मंगलबार (माघ ६) मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आसन्न प्रतिनिधिसभा सदस्य चुनावका निम्ति उमेदवारी दर्ता गराएका हुन् ।

    उनी नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा हुन् । दीपकराज ०७९ सालको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा पराजित भएका थिए । त्यति बेला उनी कांग्रेसका वैकुण्ठ न्यौपानेसँग हारेका हुन् ।

    तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्ले, कांग्रेसका गोविन्द भट्टराई, नेकपा (एमाले)का भगवती न्यौपाने, उज्यालो नेपाल पार्टीका मन्जिल राना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अभिषेक जोशी उमेदवार बन्दै छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट