Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारले एकताको सन्देश दिँदै एकै पोशाकमा सजिएर मनोनयन दर्ताका लागि हिँडेका छन् ।
दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक उम्मेदवारले एकै खालको पोशाक लगाएका हुन् ।
यहाँ क्षेत्र नम्बर १ बाट माधव सापकोटा ‘सुबोध’, क्षेत्र नम्बर २ बाट युवराज दुलाल ‘शरद’, तथा समानुपातिकतर्फका उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङले नेपाली पोशाक दौरा-सुरुवाल र सारी-चोलीमा सजिएर मनोनयनमा हिँडेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij