Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । रुपन्देहीको क्षेत्र नं १ बाट हिरा केसीले टिकट पाएका छन् ।
यो क्षेत्रमा पूर्व राज्यमन्त्री तथा प्रदेश सभा सदस्य अब्दुल रज्जाकले अन्तिम समयसम्म दाबी नछाडेका कारण रोकिएको थियो । देवदह नगरपालिकाको पूर्वमेयर रहेका केसी पहिले शेरबहादुर देउवा पक्ष भए पनि अहिले विशेष महाधिवेशनको पक्षमा खुलेका थिए ।
केसी आफैँले टिकट निश्चित भएको जनाएका छन् । उनका अनुसार आज मात्रै यसको टुंगो लागेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij