Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । गत भदौं २३ र २४को जेन जी आन्दोलनपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलोपटकट आफ्नो गृह जिल्ला झापा पुगेका छन् ।
२१ फागुनको निर्वाचनको लागि उम्मेदवारी मनोनयनका लागि ओली सोमबार झापा पुगेका हुन् । ओलीले झापा– ५ बाट उम्मेदवारी दिँदै छन् ।
ओलीसँग प्रतिस्पर्धा गर्न काठमाडौंको मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह पनि झापा पुग्दै छन् । राप्रपासँग तालमेल गरेका ओलीले २०७९ मा यही क्षेत्रबाट फराकिलो मतान्तरले चुनाव जितेका थिए ।
यसपटक ओली र बालेनबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij