Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले एमाले छाडेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावुक पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् ।
उम्मेदवारी चयनमा उनी असन्तुष्ट थिए । रुपन्देही- ३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट सुनिएका थिए । यसअघि उपचुनावमा पनि उनी आकांक्षी थिए ।
कांग्रेस र मधेशवादी दल हुँदै ९ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर उनी एमाले प्रवेश गरेका थिए । कुनै अवसर नपाएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । सबै पार्टीमा उपनिर्वाचनका आकांक्षीबाटै उम्मेदवार छानिँदा नपरेको भन्दै पार्टीमा बस्नु कुनै औचित्य नभएको उनको भनाइ छ ।
शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका छन् । ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका यज्ञजित त्यसयता ०४३ सालदेखि उम्मेदवार बन्दै आएका थिए । कांग्रेसबाट उनी पटकपटक पराजित भएका थिए । एकपटक मधेशवादी दलबाट जिते ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij