Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् ।
कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार राजीनामा दिएको उनको स्वकीय पंकज गोस्वामीले जानकारी दिए ।
'राजीनामाबारे प्रधानमन्त्रीज्यूलाई जानकारी दिइसकेका छौं,' उनले भने, 'जै स्वीकृत हुन्छ होला ।'
पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो ।
यसअघि वर्तमान सरकार तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले राजीनामा दिएका थिए । सक्रिय राजनीतिमा सहभागी हुन उनले राजीनामा दिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij