Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

वरिष्ठ सई सञ्जेल उत्कृष्ट प्रहरी घोषित

वरिष्ठ सई सञ्जेल उत्कृष्ट प्रहरी घोषित

सञ्जेललाई पुस महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो । महिनाभर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई यो अवार्ड दिने गरिन्छ ।

  • काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा कार्यरत वरिष्ठ सई बालकृष्ण सञ्जेल उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सञ्जेललाई पुस महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो । महिनाभर उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई यो अवार्ड दिने गरिन्छ । सञ्जेल लामो समयदेखि सादा पोशाकमा रहेर कोभर्ट अपरेशन गर्ने प्रहरी अधिकारी हुन् ।

    AGNI GROUP

    उनको कमान्डमा ब्युरोले लागुऔषध नियन्त्रण तथा बरामदमा उल्लेख्य सफलता प्राप्त गरेको भन्दै ब्युरोले पुरस्कृत गरेको हो ।

    ब्युरोका प्रमुख तथा एसएसपी कृष्ण कोइरालाले दिएको सम्मान पत्रमा उल्लेख गरिएको छ, ‘आफूलाई दिएको जिम्मेवारीलाई व्यवसायिक रुपमा इमान्दारीपूर्वक कार्य सम्पादन गर्ने क्रममा पुस महिनामा लागुऔषध खैरो हेरोइन ७२५ ग्राम एम्पुल ३१५० पिस, नाइट्राभेट ९०० ट्याबलेट, टोपेन्डाडोल ७०१०, ट्रामाडोल ६६६० सहित १८ जनालाई पक्राउ गर्न सफल भएकाले १ हजार ४०० नगद सहित पुरस्कृत गरिएको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट