Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विजय लघुवित्तको एफपीओ मंगलबार बाँडफाँड गरिने

विजय लघुवित्तको एफपीओ मंगलबार बाँडफाँड गरिने

  • काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आगामी मंगलबार बाँडफाँड गरिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ माघ ६ गते मंगलबार बाँडफाँड गरिने जानकारी दिएको हो ।

    AGNI GROUP

    लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०: ३० कायम गर्न पुस २१ गतेदेखि आजसम्म एफपीओ निष्काशन गरेको थियो । जसमा २३ लाख ४५० जनाले आवेदन दिएका छन् ।

    नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९: २५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो ।

    लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको थियो । अब आवेदन दिएका मध्ये ४६ हजार ६८२ जनाले १०–१० कित्ताका दरलले शेयर पाउने हुनाले बाँकीको हात खाली हुने भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट