Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गरिमा विकास बैंकको नयाँ लोगो/छाप प्रयोगमा

गरिमा विकास बैंकको नयाँ लोगो/छाप प्रयोगमा

  • काठमाडौं । गरिमा विकास बैंकले आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । बैंकले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यका बिहीबार (माघ १)देखि लागु हुने गरी नयाँ लोगो तथा छाप प्रयोगमा ल्याइएको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    विकास बैंकको दीर्घकालिन रणनीतिअन्तर्गत गएको कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिएको थियो । त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो तथा छाप कार्यान्वयनमा ल्याइएका बैंकले जनाएको छ ।

    AGNI GROUP

    परिवर्तित लोगोले विकास बैंकको आधुनिकतासहितको सरल पहिचान तथा विश्वसनीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने विश्वास बैंकले लिएको छ ।

    “यस अवसरमा सम्पूर्ण ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,” बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट