Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ च’ नामक ऋणपत्र (१ वर्षे) जारी गर्न लागेको हो ।
यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २४ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
यो ऋणपत्रको बोलकबोलमा क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था ९काउण्टरपार्टी० मात्र सहभागी हुन पाउने छन् । यसको बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ ।
आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँड गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij