Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

सामसङ सिरिज एस–२१ स्मार्टफोनको नेपाली बजारमा बिक्री सुरु, कति पर्छ मुल्य ?

सामसङ सिरिज एस–२१ स्मार्टफोनको नेपाली बजारमा बिक्री सुरु, कति पर्छ मुल्य ?

  • काठमाडौं । नेपालले भर्खरै सामसङ सिरिज एस–२१ स्मार्टफोनको नेपाली बजारमा बिक्री सुरु गरेको छ। 

    images
    images
    images

    सामसङ ग्यालेक्सी अनप्याक्ड २०२१ नामक कार्यक्रममार्फत कम्पनीले ग्यालेक्सी एस २१, सामसङ ग्यालेक्सी एस २१ प्लस र सामसङ ग्यालेक्सी एस २ अल्ट्राका साथै सामसङ ग्यालेक्सी बड्स प्रो बजारमा ल्याएको हो । यसमा आधुनिक डिजाइन, अपग्रेडेड क्यामरा, भिडियो र अहिलेसम्मकै शक्तिशाली प्रोसेसर राखिएको कम्पनीको भनाइ रहेको छ ।

    images

    सबै स्मार्टफोनहरुमा आइकनिक डिजाइन गरिएको छ। आकर्षक आँखालाई लोभ्याउने खालको नयाँ सिग्नेचर कलर, भ्वोइलेट रंग समायोजन गरिएको छ। यस सिरिजमाा सामसङको आफ्नै अत्याधुनिक प्रोसेसर एक्सिनोस २१०० को प्रयोग गरेको बताएको छ।

    यहाँ ‘सामसङ ग्यालेक्सी एस–२१’ का फिचरबारे उल्लेख गरिएको छ। यस फोनमा अत्याधुनिक चिपसेट तथा  स्पिड इफिसियन्सीको समायोजन गरिएको छ। यसले फाइभजी  कनेक्शन तथा अन डिभाइस एआइलाई सपोर्ट गर्दछ। त्यसैले फोटो प्रोसेस, डप भिडियो रेकर्ड, गेमिङ्ग म्याराथोन तथा भिडियो इडिट सहजै गर्न सकिन्छ।

    यसमा एडभान्स प्रो–ग्रेड क्यामरा छ। कम्पनीले यसमा ६।८ इन्चको डिस्प्ले दिएको छ। जसले प्रयोगकर्तालाई ठूलो स्क्रिनमा मुभी हेर्न, फाइल खोज्न, फोटो भिडियो लिन सहज हुन्छ।  

    images

    यसमा आइ कम्फर्ट सिल्ड पनि छ। जसले आँखालाई थकान महशुस नहुने सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापित बताउँछन्। फोनमा ५ हजार एमएएच ब्याट्री दिइएको छ। फोनलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले बताएको छ।

    १ सय ८ मेगापिक्सल वाइड, १२ मेगापिक्सल अल्ट्रा वाइड, १० मेगापिक्सल पेरिस्कोप टेलिफोटो र १० मेगापिक्सल टेलिफोटो गरी चार एआई क्यामरा छन्।

    एआई क्यामराले विषयवस्तुलाई स्पष्टरूपमा कैद गरी फोटो खिच्न सघाउँछ। फोनमा भएको स्पेस जुम फिचरले हल्एिको अवस्थालाई कम गरी स्पष्ट फोटो निकाल्छ।

    ग्राहकले यो  ८ जिबी र्‍याम र २५६ जिबी रोम क्षमतामा किन्न पाउँछन्।  यसको मूल्य १ लाख ९ हजार ९९ रूपैयाँ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij