Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास हुँदैछ : झलनाथ खनाल

नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास हुँदैछ : झलनाथ खनाल

  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जारी शुभकामना सन्देशमा खनालले नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेको र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोजिरहेको आरोप लगाएका छन् ।

    AGNI GROUP

    उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूका दलालहरू नेपाललाई ‘युक्रेन’ बनाउन योजनाबद्ध ढंगले लागेका छन् । उनीहरू नेपाली जनतालाई सबै नेताका विरुद्ध, नेपाली समाजलाई परिवर्तन गर्दै आइरहेका पार्टीहरूको विरुद्ध, देशका विरुद्ध र समाजवादका विरुद्ध विदेशी पैसा र प्रलोभनका आधारमा दुष्प्रचार गरिरहेका छन् र मुलुकलाई हिंसा र विध्वंसतिर लान खोज्दैछन् ।’

    नेता खनालले निर्वाचनको विकल्प नभएको भए पनि शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार भएको नदेखिएको बताएका छन् ।

    ‘अहिले वर्तमान संविधान मिचेर भएपनि नयाँ सरकार बनेको छ र त्यसले मुलुकमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । अवश्य नै निर्वाचनको विकल्प छैन । तर शान्तिपूर्ण, निष्पक्ष र धाधली रहित निर्वाचन गर्ने पूर्वाधार अझै राम्ररी तयार भएको देखिँदैन,’ नेता खनालले भने, ‘निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्ने, मुलुकको सामाजिक–आर्थिक ढाँचामा व्यापक परिवर्तन गर्ने, शिक्षा स्वास्थ्यमा व्यापक रुपान्तरण गर्ने, राष्ट्रियतालाई सुदृढ गर्ने, परराष्ट्र नीतिलाई ट्रयाकमा फर्काउने, सुशासन स्थापना गर्दै भ्रष्टाचारको अन्त्य गर्ने र युवाहरूको लागि रोजगारी सिर्जना गर्ने जस्ता ज्वलन्त तत्कालिक सवालहरू समाधान गर्ने आवश्यकता प्रबल बनिरहेको छ । यी सवालहरू समाधान गर्ने ठोस योजनाका साथ गरिने निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालिक समस्या समाधान गर्दै क्रमश: समाजवादतिर अग्रसर हुने बाटो खोल्न सक्छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट