Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • काठमाडौं । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ।

    onlinepatrika
    Arghakhachi

    मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराए।

    AGNI GROUP

    आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको  कार्यालय विराटनगरमा रहने निर्वाचन आयोगको कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख चोलाराज दङ्गालले जानकारी दिए।

    निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २०८२ पुस १९ गते बिहान १० : ०० देखि ११ : ०० बजेसम्म मतदाता नामावली प्रकाशन हुने छभने मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन/उजुरीमाथि छानबिन गरी पुस २२ गते ३:०० बजेदेखि ४:०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

    यसैगरी, पुस २३ गते बिहान १०:०० देखि दिउँसो ३:०० बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, पुस २४ गते बिहान १०:०० देखि दिउँसो ४:०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १०:०० देखि दिउँसो १:०० वजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १:०० देखि २:०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

    यस्तै, पुस २८ गते बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। विसं २०८२ माघ ११ गते बिहान ९:०० देखि दिउँसो ३:०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यक्रम सम्पन्न हुनेछ।

    कोशी प्रदेशमा महिलातर्फ एक, दलिततर्फ एक र अन्यतर्फ एकजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट