Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । रास्वपामा कुलमान पक्षको १८ जना समानुपातिक उम्मेदवारहरुको नाम प्रस्ताव गरेको छ ।
सूचीको आदिवासी जनजातितर्फ पहिलो नम्बरमा महेन्द्र लावती, दोस्रोमा धर्मलाल तामाङ, तेस्रोमा माया डोल्मा लामा, तुलसा वाइबा, लाक्पा फुटी शेर्पा र त्रिशाला गुरुङ छन् ।
खस आर्यतर्फ देवकी पौडेल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय, सरला लामिछाने छन् । पूर्वसचिव रहेका उपाध्यायलाई कुलमानले यसअघि गठित उज्यालो नेपाल पार्टीको अध्यक्ष बनाएका थिए ।
दलिततर्फ कलाकार रिमा विश्वकर्मा र राजदेव राम छन् । मधेशीतर्फ अभिषेकराज सिंह, मनिषा कुमारी, सोमप्रसाद चौधरी र बालिका चौधरी छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij